हिमशिखर बहुमुखी क्याम्पस

भेरीगंगा,११ सुर्खेत

क्याम्पसको बारेमा

हिमशिखर बहुमुखी क्याम्पस सञ्चालनका लागि तत्कालिन रामघाट गा.वि.स. को २०६७÷०६८ र २०६८÷०६९ को गाउ परिषद्को निर्णयानुसार शिखर मा.वि. रामघाट सुर्खेतको भौतिक संरचना प्रयोग गर्नेगरी र क्याम्पस सञ्चालन सम्बन्धन एवं भौतिक संरचना निर्माणका लागि रु. १०,६३,५९४।२५ रकम क्याम्पसको आधिकारिक सम्बन्धन तथा खाता सञ्चालन नभएको हुँदा शिखर मा.वि. रामघाट मार्फत रु. १,००,०००। पहिलो पटक र रु. १०,३१,०००। गरि जम्मा रु. ११,३१,०००। उक्त विद्यालयबाट प्राप्त भई सोही रकमबाट क्याम्पस सम्बन्धनका लागि धरौटी वापत् साथै अन्य खर्च भएको र सोही अनुसार सम्बन्धनका लागि कार्य प्रक्रिया अगाडि बढाउने क्रममा त्रिभुवन विश्वविद्यालयको २०६९÷४÷१४ को प्राप्त पत्रानुसार सम्बन्धन प्राप्त गरि मिति २०६९÷८÷१७ गते देखि जम्मा ४७ जना विद्यार्थीहरुबाट ३ वर्षे वि. एड्. संकाय सञ्चालन गरि तत्कालिन गाउ शिक्षा समिति रामघाटबाट रु. ५,००,०००। सापटी स्वरुप प्राप्त भई त्रिभुवन विश्वविद्यालयको २०७०÷८÷१९ गतेको प्राप्त पत्रानुसार सम्बन्धन प्राप्त गरि व्यवस्थापन संकायमा २१ जना विद्यार्थीहरुबाट कक्षा सञ्चालन भई हाल दुवै संकाय गरि करिब ५०३ जना विद्यार्थीहरु अध्ययनरत रहेको अवस्था छ भने १९ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेको अवस्था छ । साथै क्याम्पस शुरुवाती अवस्थामा यस क्याम्पसका विद्यार्थीहरुको पठनपाठनलाई सहजीकरण गर्न लेकवेशी न.पा. वडा नं. ४ बस्ने समाजसेवी श्री तोयानाथ शर्मा को पहलमा उहाँका छोराहरु धनीराम शर्मा र हरिप्रसाद शर्मा को करिब ८४,०००। बराबरका पुस्तकहरु निशुल्क रुपमा उपलब्ध गराई यस क्याम्पसका विद्यार्थीहरुको लागि ठूलो सहयोग रहेको छ । २०७४ भाद्र देखि भेरीगंगा नगरपालिकाको अख्तियारी ईजाजत अनुसार सेवा केन्द्रका २ वटा भवनमा कक्षा सञ्चालन गरि भेरीगंगा नगरपालिका, विश्वविद्यालय अनुदान आयोग, संघ सरकार, कर्णाली प्रदेश सरकार तथा विभिन्न सरकारी निकायहरुको करिब रु. ३,६५,००,०००। बराबरको भौतिक संरचना तयार गरियो भने उक्त संरचना भेरीगंगा नगरपालिका एवं सर्वदलीय समिति, कर्णाली प्रदेश माननीयहरु, क्याम्पस व्यवस्थापन समिति र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सहितको सम्झौतामा कृषि विज्ञान केन्द्रिय क्याम्पस तथा डिन कार्यालय सञ्चालनका लागि लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय लाई हस्तान्तरण भैसकेको हुँदा यस हिमशिखर बहुमुखी क्याम्पसको लागि नयाँ भवन तथा अन्य भौतिक संरचना तयार गरि कक्षा व्यवस्थित गर्न तत्काल जरुरी देखिएको छ । साथै उक्त संरचनाहरु यस सर्वदलीय समिति, क्याम्पस व्यवस्थापन समितिको माग र भेरीगंगा नगरपालिकाको निर्णय सहमति अनुसार भेरीगंगा न.पा. ११ को सेवा केन्द्र नजिक रहेको नगरपालिका मातहतको जग्गामा क्याम्पसका भौतिक संरचनाहरु निर्माणका लागि आ.व. २०७९÷०८० मा विश्वविद्यालय अनुदान आयोग बाट रु. ५०,००,०००। , भेरीगंगा नगरपालिका बाट रु. ३५,००,०००। र आ.व. २०८०÷०८१ मा भेरीगंगा नगरपालिका बाट रु. ५०,००,०००। प्राप्त भई भवन निर्माणका कार्यहरु प्रविधिक लागत स्टमेट अनुसार सञ्चालन भईरहेको ।

यसरी क्याम्पस स्थापना तथा सञ्चालनमा अतुलनिय भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्ने श्री शिखर मा.वि. रामघाट सुर्खेत, पाठ्यपुस्तक सहयोग गर्ने लेकवेशी नगरपालिका वडा नं. ४ बस्ने तोयानाथ शर्मा लगायत उहाँका छोराहरु, भेरीगंगा नगरपालिका, यस निर्वाचन क्षेत्रका संघीय र प्रदेश माननीयहरु, विश्वविद्यालय अनुदान आयोग, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय,सामुदायिक अध्ययन केन्द्र साथै पूर्व तथा निवर्तमान व्यवस्थापन समिति सबैमा यस हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा ११ रामघाट सुर्खेतको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु । साथै माथि उल्लेखित सहयोग गर्ने निकायहरुबाट थप सहयोग प्राप्त हुने कुरामा आशावादी छौँ ।

यस क्षेत्रमा कर्णाली प्रदेशको भेरीगंगा नगरपालिकालाई शिक्षा क्षेत्रको हब बनाउने उद्धेश्यका साथ अथक एवं लामो प्रयास पछि यस नगरपालिका अन्तर्गतका राजनितिक व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी, व्यापारी, बुद्धिजिवि एवं यस क्याम्पस व्यवस्थापन समितिका निवर्तमान एवं पूर्व पदाधिकारी सदस्यहरु, शिक्षक कर्मचारीहरु एवं विद्यार्थीहरुको सकारात्मक सोचका कारण हाल त्रिभुवन विश्वविद्यालय बाट सञ्चालित हिमशिखर बहुमुखी क्याम्पसको २५ कोठाको नवनिर्मित भवन, ४ कोठे निर्माणधिन भवन सहितको संरचनाहरु मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई हस्तान्तरण गरी यस क्षेत्रको एवं कर्णाली प्रदेशकै एक मात्र सरकारी स्तरको कृषि विज्ञान क्याम्पस एवं डिन कार्यालय २०७८ साल देखि नै स्थापना भएको हुँदा यस क्षेत्रमा कृषि क्षेत्रको विकास एवं रोजगारीको अवसर