हिमशिखर बहुमुखी क्याम्पस सञ्चालनका लागि तत्कालिन रामघाट गा.वि.स. को २०६७÷०६८ र २०६८÷०६९ को गाउ परिषद्को निर्णयानुसार शिखर मा.वि. रामघाट सुर्खेतको भौतिक संरचना प्रयोग गर्नेगरी र क्याम्पस सञ्चालन सम्बन्धन एवं भौतिक संरचना निर्माणका लागि रु. १०,६३,५९४।२५ रकम क्याम्पसको आधिकारिक सम्बन्धन तथा खाता सञ्चालन नभएको हुँदा शिखर मा.वि. रामघाट मार्फत रु. १,००,०००। पहिलो पटक र रु. १०,३१,०००। गरि जम्मा रु. ११,३१,०००। उक्त विद्यालयबाट प्राप्त भई सोही रकमबाट क्याम्पस सम्बन्धनका लागि धरौटी वापत् साथै अन्य खर्च भएको र सोही अनुसार सम्बन्धनका लागि कार्य प्रक्रिया अगाडि बढाउने क्रममा त्रिभुवन विश्वविद्यालयको २०६९÷४÷१४ को प्राप्त पत्रानुसार सम्बन्धन प्राप्त गरि मिति २०६९÷८÷१७ गते देखि जम्मा ४७ जना विद्यार्थीहरुबाट ३ वर्षे वि. एड्. संकाय सञ्चालन गरि तत्कालिन गाउ शिक्षा समिति रामघाटबाट रु. ५,००,०००। सापटी स्वरुप प्राप्त भई त्रिभुवन विश्वविद्यालयको २०७०÷८÷१९ गतेको प्राप्त पत्रानुसार सम्बन्धन प्राप्त गरि व्यवस्थापन संकायमा २१ जना विद्यार्थीहरुबाट कक्षा सञ्चालन भई हाल दुवै संकाय गरि करिब ५०३ जना विद्यार्थीहरु अध्ययनरत रहेको अवस्था छ भने १९ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेको अवस्था छ । साथै क्याम्पस शुरुवाती अवस्थामा यस क्याम्पसका विद्यार्थीहरुको पठनपाठनलाई सहजीकरण गर्न लेकवेशी न.पा. वडा नं. ४ बस्ने समाजसेवी श्री तोयानाथ शर्मा को पहलमा उहाँका छोराहरु धनीराम शर्मा र हरिप्रसाद शर्मा को करिब ८४,०००। बराबरका पुस्तकहरु निशुल्क रुपमा उपलब्ध गराई यस क्याम्पसका विद्यार्थीहरुको लागि...
थप हेर्नुहोस