परिचय
हिमशिखर बहुमुखी क्याम्पस
सञ्चालनका लागि तत्कालिन रामघाट गा.वि.स. को २०६७÷०६८ र २०६८÷०६९ को गाउ
परिषद्को निर्णयानुसार शिखर मा.वि. रामघाट सुर्खेतको भौतिक संरचना प्रयोग
गर्नेगरी र क्याम्पस सञ्चालन सम्बन्धन एवं भौतिक संरचना निर्माणका लागि रु.
१०,६३,५९४।२५ रकम क्याम्पसको आधिकारिक सम्बन्धन तथा खाता सञ्चालन नभएको
हुँदा शिखर मा.वि. रामघाट मार्फत रु. १,००,०००। पहिलो पटक र रु. १०,३१,०००।
गरि जम्मा रु. ११,३१,०००। उक्त विद्यालयबाट प्राप्त भई सोही रकमबाट
क्याम्पस सम्बन्धनका लागि धरौटी वापत् साथै अन्य खर्च भएको र सोही अनुसार
सम्बन्धनका लागि कार्य प्रक्रिया अगाडि बढाउने क्रममा त्रिभुवन
विश्वविद्यालयको २०६९÷४÷१४ को प्राप्त पत्रानुसार सम्बन्धन प्राप्त गरि
मिति २०६९÷८÷१७ गते देखि जम्मा ४७ जना विद्यार्थीहरुबाट ३ वर्षे वि. एड्.
संकाय सञ्चालन गरि तत्कालिन गाउ शिक्षा समिति रामघाटबाट रु. ५,००,०००।
सापटी स्वरुप प्राप्त भई त्रिभुवन विश्वविद्यालयको २०७०÷८÷१९ गतेको प्राप्त
पत्रानुसार सम्बन्धन प्राप्त गरि व्यवस्थापन संकायमा २१ जना
विद्यार्थीहरुबाट कक्षा सञ्चालन भई हाल दुवै संकाय गरि करिब ५०३ जना
विद्यार्थीहरु अध्ययनरत रहेको अवस्था छ भने १९ जना शिक्षक कर्मचारीहरु
कार्यरत रहेको अवस्था छ । साथै क्याम्पस शुरुवाती अवस्थामा यस क्याम्पसका
विद्यार्थीहरुको पठनपाठनलाई सहजीकरण गर्न लेकवेशी न.पा. वडा नं. ४ बस्ने
समाजसेवी श्री तोयानाथ शर्मा को पहलमा उहाँका छोराहरु धनीराम शर्मा र
हरिप्रसाद शर्मा को करिब ८४,०००। बराबरका पुस्तकहरु निशुल्क रुपमा उपलब्ध
गराई यस क्याम्पसका विद्यार्थीहरुको लागि...
थप हेर्नुहोस